२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, सहायक निर्देशकदेखि सहायकसम्मका लागि आवेदन खुला

२७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी शुक्रबार दरखास्त आह्वान गरेको हो। बैंकले सहायक निर्देशक (तृतीय), सहायक निर्देशक (लेखा/लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन), सहायक निर्देशक (सूचना प्रविधि) र सहायक द्वितीय पदमा ६१ जना कर्मचारी माग गरेको छ ।

सूचनाअनुसार सहायक निर्देशक (प्रशासन) पदमा २६ जना माग गरिएको छ। त्यस्तै, सहायक निर्देशक (लेखा/लेखापरीक्षण) र सहायक निर्देशक (वाणिज्य कानुन) पदमा क्रमशः ३ र २ जना तथा सहायक निर्देशक (सूचना प्रविधि) पदमा ४ जना माग गरिएको छ।
त्यसैगरी, सहायक द्वितीय (प्रशासन) पदमा २६ जना कर्मचारी माग गरिएको छ। विज्ञापनमा खुला तथा विभिन्न समावेशी समूहका लागि पद छुट्याइएको छ।

इच्छुक तथा योग्य नेपाली नागरिकले मंसिर १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको म्यादभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन पेस गर्न सक्नेछन्।

प्रकाशित मिति : November 13, 2026 at 12:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/