२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

नेशनल लाइफ इन्स्योरेन्सको नाफा १२ करोड ५६ लाख, प्रतिसेयर आम्दानी कति ?

२७ कात्तिक, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १२ करोड ५६ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १४ करोड ८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो, जुन चालु आर्थिक वर्षको यस अवधिको तुलनामा १०.७९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा भने बढेको छ । चालु आवको पहिलो त्रैमाससम्ममा कम्पनीको कुल आम्दानी ९ अर्ब २० करोड ४४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क आर्जन भने ३०.१३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब १९ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद बिशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद बिमाशुल्क उठाएको थियो । यस अवधिमा कम्पनीको जीवन बिमाकोषको आकार १५.८२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४५ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो कोष ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ बराबरको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोष ७४ करोड ५९ लाखबाट बढेर ७५ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ८३ पैसा कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३० पैसा रहेको थियो । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ६४.८९ गुणा रहेको छ ।

प्रकाशित मिति : November 13, 2026 at 11:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/