३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

४ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन हुँदै, माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै एमालेसँगको नयाँ गठबन्धनसहित प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्।

सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ। त्यसपछि बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने स्रोतले जनाएकाे छ । जस अनुसार एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्दैछन्। उनको मन्त्रालय भने टुंगिनसकेको छैन। त्यस्तैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी छ। भने जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउने भएको छ।

प्रकाशित मिति : March 4, 2024 at 12:47 pm