१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सिंगटी हाइड्रोको हकप्रदमा आवेदन दिने मंगलबार अन्तिम दिन

२१ फागुन, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने भोली (फागुन २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रदमा मंगलबारसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ अनुपातमा सेयर निष्काशन गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।

सिडिएससीको पछिल्लो रिपोर्ट अनुसार फागुन २० गते साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद सेयरमा ६७ हजार १५५ जनाले २५ लाख ४ हजार ८९९ कित्ता हकप्रद शेयरका लागि मात्र आवेदन दिएका छन्।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यसकाे अएथ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : March 4, 2024 at 10:52 am