पाँच बर्ष पुरानो नगद लाभांश लिन बोटलर्स नेपाल र तराईको आग्रह
२१ फागुन, काठमाडौँ। बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल(तराई) लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक साधारणसभाले पारित गरेको लाभांश अझैसम्म केही सेयरधनीहरु नलिएकाले बुझिलिन आग्रह गरेका हुन् ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आवश्यक कागजातसहित कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । साथै, तोकिएको मितिभित्र भुक्तानी लिन नआएमा बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १०:१६












