हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरण र हकप्रद जारी गर्ने प्रस्ताव पारित
२० फागुन, काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । साथै, सभाले बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत(१ः०.८० अनुपात) हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।
प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १४:१४