१२ जेष्ठ २०८१, शनिबार | Sun May 26 2024

लाभांश प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारण सभा, एफपीओ पनि निष्कासन गर्ने


२० फागुन, काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा बोलाएको हो। लघुवित्तले चैत १६ गते धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, सभामा ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको सभामा सहभागिता हुन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०९:२१