१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्र बैंकले सार्वजनिक गर्यो २०८१ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दिने बिदा


१८ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैकले वि.सं. २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैककाे मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेकाे सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ३८ दिन बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् ।

यस्तै राष्ट्र बैंकले कार्यालय समय पनि निर्धारण गरेको छ । बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत ३१ गतेसम्म बिहान १० बजेदेखि साझ ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि दिउसो ४ बजेसम्मको कार्यालय समय निर्धारण गरेकाे छ । साथै, शुक्रबारका लागि भने बिहान १० देखि १.३० बजेसम्म कार्यालय समय ताेकिएकाे छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १७:२२