लाभांश प्रस्ताव पारित गर्न हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा
१८ फागुन, काठमाडौँ । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रि इन्स्योरेन्स वार्षिक साधारण सभा फागुन २० गते बस्ने भएको छ । कम्पनीको सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४।२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गरिसकेको छ । तसको अर्थ फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०९:४६