८ असार २०८३, सोमबार | Mon Jun 22 2026

नेको इन्सुरेन्समा रोजगारीको अवसर (सूचनासहित)

१७ फागुन, काठमाडौँ । नेको इन्सुरेन्स लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले सिनियर अफिसर पदमा २ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ  ।

कम्पनीले सूचना जारी गर्दै रिइन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सो पदका लागि प्रतिष्ठित शिक्षण संस्था र इन्स्टिच्युटबाट एमबीए वा चार्टर्ड अकाउन्टेन्टको उपाधिक हासिल गरेकाले दरखास्त पेस गर्न सक्नेछन्। यसअघि इन्स्योरेन्स वा बैंकिङ्ग क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : February 29, 2024 at 4:18 pm