५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

श्रृजनशील लघुवित्तसँगै डिमर्ज गर्दै मानुषी लघुवित्त


१७ फागुन, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रक्रिया अघि बढाएको छ। मानुषीले हाल श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै डिमर्जको प्रक्रियालाई अघि बढाइएको जनाएको छ ।

यी दुई संस्थाबीच २०७९ चैत्र २ गते मर्जरको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएको थियो।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउने चरणमा नै रहेको अवस्थामा मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय संस्थाको सन्तोषजनक नदेखिएको र यथास्थितिमा मर्जरको प्रक्रिया अगाडी बढाउने अवस्था नदेखिएको भन्दै डिमर्ज गर्ने प्रकृया अगाडी बढाउने निर्णय गरेको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १०:२९