४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री खुला

१७ फागुन, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (फागुन १७ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयरको बिक्री आवेदन खुलाएको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद निष्कासन गरेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमन मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरु साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ०९:३७