सेञ्चुरी बैंकको भ्रष्टाचारमा प्रहरीले गलत बुझेको बैंकर्स संघको निष्कर्ष
१६ फागुन, काठमाडौँ । नेपाल बैंकर्स संघले तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकको धितोमा प्रहरीको बुझाइ गलत भएको भन्दै प्रहरीलाई बुझाउने निष्कर्ष निकालेको छ। बुधबार बिहान बसेको संघको पूर्ण बैठकले धितो सम्बन्धमा प्रहरीलाई बुझाउनुपर्ने निष्कर्ष निकालेको राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिले मंगलबार प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेपछि बैंकर्स संघले बुधबार आकस्मिक बैठक बोलाएको थियो । बैठकमा बैंकरहरुले धितोका विषयमा नै प्रहरीको बुझाइ गलत रहेको भन्दै गृहमन्त्रालय र प्रहरीलाई बुझाउने निर्णय गरेको सीईओ श्रेष्ठले जानकारी दिए । साथै, बैठकले नेपाल राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति : February 28, 2024 at 12:57 pm









