५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए साधारण सभा


१६ फागुन, काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्।

यी दुबै कम्पनीले चैत ९ गते साधारण सभा बोलाएका हुन्। जाल्पा लघुवित्तको पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ भने किसान लघुवित्तको पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

यी दुबैको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ०९:५९