८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

भ्रष्ट बैंकर पक्राउ परेपछि बैंकर्स संघको आकस्मिक बैठक बोलाइयो

१५ फागुन, काठमाडौँ । तत्कालीन सञ्जुरी बैंकको भ्रष्टाचार प्रकरणमा संलग्नहरू पक्राउ परे लगत्तै बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । संघले बुधबार बिहानै आकस्मिक बैठक बोलाएको हो ।

संघका अध्यक्ष सुनिल केसीले बुधबार बिहान संघको बैठक डाकिएको पुष्टि गरे । उनले दैनिकीसँगको कुराकानीमा भोलि छलफ गरेर धारणा तय हुने पनि बताए ।

ऋण प्रवाहमा चरम अनियमितता गरेको अभियोग लागेका प्रभु बैंक लिमिटेडका डेपुटी सीईओ मनोज न्यौपाने जो सेञ्चुरी बैंकका तत्कालीन सीईओ हुन भने अर्का सीईओ तुलसीराम गौतम ओभरभ्यालुएसन गराइ ऋण प्रवाह गरेको घटनामा मंगलबार पक्राउ परेका छन । प्रहरीले उनीहरूसहित दश जनालाई पक्राउ गरेको छ । पक्राउ परेका न्याैपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जा समेत हुन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरको मुद्दामा अनुसन्धानको क्रममा मंगलबार पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले दैनिकीलाई जानकारी दिए । पक्राउ पर्ने अन्यमा प्रभु बैंकका बहालवाला कर्मचारी दिलीप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी रहेका छन भने अवकाश लिएका सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनील बस्नेत समेत रहेका छन । उनीहरूले कमसल धितोमा बढी मूल्यांकन गराइ एउटै कारोबारमा एक अर्ब भ्रष्टाचार गरेका हुन ।

प्रकाशित मिति : February 27, 2024 at 11:38 pm