९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थतन्त्रमा सुधारको संकेत देखिएको छः अर्थमन्त्री महत

१४ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका हुन् ।

‘लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण,निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमश: सकारात्मक दिशातर्फ अघि बढेको छ ’ उनलेभने ।

यस्तै, उनले बैक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको बताएका हुन् । बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल विन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १४:३४