८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत

१३ फागुन, काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेपाल इन्स्योरेन्सको १० प्रतिशत बाेनस वापतकाे १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचिकृत भएको छ। त्यस्तै, नेप्सेमा शिवम् सिमेन्टको १४.२५ प्रतिशत बाेनस वापतकाे  ६२ लाख ७० हजार बोनस सेयर सूचिकृत भएको छ। भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बाेनस वापतकाे ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर सूचिकृत भएको छ। सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार कारोबार गर्न सक्नेछन् ।

प्रकाशित मिति : February 25, 2024 at 4:33 pm