८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेप्सेसँगै घट्यो कारोबार रकम, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

१३ फागुन, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ३ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ।

नेप्से घटेपनि आइतबार बोटलर्स नेपाल (बालाजु) को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सन नेपाल लाइफ इन्स्योरेन्सकाे सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : February 25, 2024 at 3:20 pm