रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै, कहिलेदेखि दिने आवेदन ?
१३ फागुन, काठमाडौँ । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ । माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । लगानीकर्ताले सेयर खरिदका लागि चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेकाे छ ।
लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र कम्पनीको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकको तोकिएको शाखा कार्यालका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि सेयर भर्न सक्नेछन् ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १०:०७












