८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एलआईसी नेपालले सार्वजनिक गर्यो नयाँ बोनसदर

११ फागुन, काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर सार्वजनिक गरेको हाे ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउने

जीवन आनन्द बीमा योजना अन्तर्गत बिमिततले न्यूनतम ५० रुपियाँदेखि अधिकतम ६० रुपियाँसम्म बोनस प्राप्त गर्नेछन् । साथै, ‘बाल सावधिक बीमा योजना’ मा बिमितले बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपियाँदेखि अधिकतम ६४ रुपियाँसम्म बोनस दर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले धन वृष्टि जीवन बीमालेख अन्तर्गत ५५ रुपैयाँदेखि ५७ रुपैयाँ बोनस दर कायम गरेको छ। त्यस्तै, धनफिर्ता जीवन बीमालेख अन्तर्गत ५६ रुपैयाँदेखि ६० रुपैयाँ बोनसदर प्रदान गर्ने भएको छ। बाल ममता जीवन बीमालेख अन्तर्गत ५५ रुपैयाँदेखि ६० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

यस्तै कम्पनीले जीवन तरंग बीमालेख अन्तर्गत ४० रुपैयाँदेखि ४५ रुपैयाँ बोनसदर ताेकेकाे छ । कम्पनीले न्यू जीसवन तरंग बीमालेख अन्तर्गत ५० रुपैयाँदेखि ५५ रुपैयाँ  र जीवन बचत बीमा योजना अन्तर्गत ४५ रुपैयाँदेखि ६६ रुपैयाँ बोनस दर निर्धारण गरेकाे छ ।

यसैगरी जीवन लाभ बीमालेख अन्तर्गत बिमितले ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म  बाेनस पाउनेछन् भने लघु सावधिक बीमालेख अन्तर्गत सबै अवधिका लागि ४१ रुपैयाँ पाउने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : February 23, 2024 at 10:47 am