सूर्यज्योति इन्स्योरेन्सले लाभांश नदिने, सेयरधनीको हात खाली
११ फागुन, काठमाडौँ । सूर्यज्योति इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक बर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने भएको हो । यो बर्ष सेयरधनीको हात खाली हुने भएको छ ।
कम्पनीको फागुन १० गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीका लागि लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।
प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १०:०५