१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बैंक तथा वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन (पूर्णपाठ)


१० फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्था अनुसार संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । यो व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ ।

बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था हटाइएको छ ।

यसैगरी कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १४:०७