१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहरुमा विशेष काउन्टरकाे व्यवस्था


८ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले फरक क्षमता भएका व्यक्तिहरुलाई बैंकहहरुले विशेष काउन्टर तोकेर बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने जनाएकाे छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी बैंक तथा वित्तीय संस्थाहरुले फरक क्षमता भएका, ज्येष्ठ नागरिक र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा दिनुपर्ने व्यवस्था रहेको जनाएको हाे ।

त्यस्तै, स्थानीय तहमा पाँचभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउन्ज भएका स्थानमा एउटा एटीएम अपांगमैत्री बनाउनुपर्ने र अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले ती सेवा उपभोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १२:२२