आईजीआई प्रुडेन्सियलले बिक्रीमा राख्यो नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर, यस्तो छ मूल्य
८ फागुन, काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज( फागुन ८ गते)देखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएकाे सेयरमा पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य २८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ०९:३९