८ असार २०८३, सोमबार | Mon Jun 22 2026

लाभांश पारित गर्दै यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

७ फागुन, काठमाडौँ । लाभांश पारित गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मर्जर पछिको पहिलो साधारण सभा फागुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ कराेड ५४ लाख ३२ हजार रूपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड दुई लाख ८५ हजार ८९४.७४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेकाे छ ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० कराेड ४५ लाख ६८ हजार रूपैयाँ कायम भएको थियो ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक श्री जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : February 19, 2024 at 1:32 pm