१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सेयरधनी निराश बनाउँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा

७ फागुन, काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा फागुन २० गते लैनचौर ब्यांकेट, काठमाडौंमा  बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेकाे । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । याे बर्ष कम्पनीले सेयरधनी निराश बनाएकाे छ ।

त्यसैगरी, सभामा संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ फागुन ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै कम्पनीको सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १२:०८