१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कुम्लो बोकेका ४ हजार लघुवित्त पीडित ६ दिन हिँडेर काठमाडाैँ छिरे (भिडियोसहित)


६ फागुन, काठमाडौँ । कुम्लो बोकेर लघुवित्त बिरूद्धमा आन्दोलन गर्न हिडेका ४ हजार भन्दा बढी लघुवित्त पीडित काठमाडौँ छिरेका छन । चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिनदेखि काठमाडौँका लागि पैदलयात्रा गरेर हिँडेका उनीहरू आइतबार चन्द्रागिरी नगरपालिकामा रहेको नागढुंगा नाका हुँदै काठमाडौँ छिरेका छन । बाँचौ, बचाऔँ  र अघि बढौँ नारासहित लघुवित्त र वित्तिय संस्थाबाट पीडित भएकाहरू काठमाडाैँ छिरेको चन्द्रागिरीका स्थानीय व्यवसायी समेत रहेका नेकपा एमालेका नेता श्रीहरि थापाले दैनिकीलाई जानकारी दिए ।

६ दिन हिँडेर चार हजार भन्दा बढी लघुवित्त पीडित काठमाडौँ छिरेका छन । उनीहरूले बाटोमा हिड्दा भेटका जति मानिसलाई लघुवित्त तथा वित्तिय शोषण विरूद्धको संघर्ष समितिको नाममा हाते पर्चा समेत बाड्दै हिँडेका छन । उनीहरूले सरकारसँग ९ वटा माग गरेका छन । यसरी माग सार्ने समितिको नेतृत्व मनिराम ज्ञवालीले गरेका छन ।

काठमाडौँ छिरेका पीडितहरूले आफूहरूको अभियान दुर्गा प्रसाइको भन्दा भिन्न रहेको बताएका छन । उनीहरूले  नव सामन्तीको रूपमा स्थापित लुघुवित्त तथा वित्तिय संस्थाहरू खारेज गर, लघुवित्तिय संस्थाहरूद्धारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाइ निःशुल्क ऋण प्रदान गर भन्ने मग गरेका छन ।

आफ्ना माग पूरा नभए काठमाडौँबाट नफर्किने अडानसहित काठमाडौँ छिरेका उनीहरूले आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास सर, जनपक्षीय मौद्रिक नीति कायम गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, भूमिहीन तथा वित्तिय शोषणका पीडितहरूलाइ मुअब्जाको व्यवस्था गर र प्रत्यक्ष निर्वाचत राष्ट्रप्रमुखको व्यवस्था गर लगायतको माग अघि सारेका छन । उनीहरू स्वयंल भने १५ हजार भन्दा बढी यात्रामा सहभागी रहेको बताएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:१५