९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक छनः प्रधानमन्त्री प्रचण्ड

६ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अर्थतन्त्रको बाह्य सूचक सकारात्मक नै रहेको बताएका छन । आइतबार संसदमा सांसदहरुको प्रश्नमा जवाफ दिदै प्रधानमन्त्रीले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरु सकारात्मक रहे पनि केही क्षेत्रमा अझै समस्या रहेको बताए ।

‘अर्थतन्त्रका बाह्य सूचक सकारात्मक नै छन । तर, अर्थतन्त्रमा दबाव र चाप भने कायम नै छ।’ उनले भने, ‘अर्थतन्त्र संकटमुक्त भएको छ । तर उत्पादन, रोजगारी र सरकारको खर्चबाट अर्थतन्त्रलाई पूर्ण लयमा फर्काउनेतर्फ चुनौती अझै छ। अहिले सरकारको सम्पूर्ण ध्यान यसैतर्फ केन्द्रित छ । ’

यस वर्षको बजेट कार्यान्वयनमा गतवर्षको तुलनामा केहि सुधार भए पनि पहिलो छ महिनाको प्रगति अपेक्षा अनुसार हुन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने ‘यस बर्षको बजेट कार्यान्वयन प्रगति सन्तोषजनक भएन तर, आगामी दिनमा सरकारल राजस्व प्रशासन र विदेशी सहायताको परिचालनलाई थप कार्ययोजनाका साथ सरकार अघि बढ्छ’ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १३:५४