आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख ६६ हजार कित्ता सेयर बिक्रीमा
४ फागुन, काठमाडाैँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्री खुला गरेका हाे ।
बिक्रीमा राखिएकाे सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौँमा निवेदन दिनुपर्नेछ । बिक्रीमा राखिएकाे सेयरकाे मूल्य ताेकिएकाे छैन।
साथै, ताेकिएकाे समयअवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १७:२९