आगामी आर्थिक बर्षको बजेट सिलिङ १८ खर्ब तोकियो
४ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै साे कुराकाे जानकारी दिएका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको अर्थमन्त्री महतले जानकारी दिए ।
प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ११:५८