१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

संसदले पारित गरेको बजेट कटौती गरिएको छैनः अर्थमन्त्री महत

४ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‍ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन नसक्ने बताए छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री महतले संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेटको कटौती नभएको बताएका हुन्।

माघ २९ गते अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने अनुमान गर्दै अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि बजेटको आकार घटाएको भन्दै आलोचना भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले यस्ताे बताएका हुन् ।

सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ।

त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मुल्यांकनबाट १२ खर्ब तीन अर्ब रूपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ।

साथै, अर्थमन्त्रीले आगामी वर्षको बजेट १८ खर्ब रुपैयाँको ल्याउन राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई सिफारिस गरेको जानकारी दिए ।

प्रकाशित मिति : February 16, 2024 at 11:39 am