१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल नियुक्त


४ फागुन, काठमाडाैँ ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । लघुवित्तको फागुन २ गते बसेको सञ्चालक समितिको मिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।

अर्याल लामो समयदेखि चाटर्ड अकाउन्टेन्ट रहेका थिए । संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ११:०३