८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुने

३ फागुन, काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आज वार्षिक साधारण साधारण सभा बस्दैछ । कम्पनीको १८ औं वार्षिक साधारण सभा आज काठमाडौँमा रहेको आम्रपाली ब्यांक्वेट बालुवाटारमा बिहान ११ बजे आयोजना बस्दैछ ।

उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पारित गर्नेछ । साथै, सभाले कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल लगायतका प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : February 15, 2024 at 10:31 am