७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

२ फागुन, काठमाडाैँ । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष  २०७९।०८० को आर्थिक जीवन बीमा कोष र बीमाङ्किय मूल्याङ्कन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीका अनुसार सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वा सोभन्दा माथिको बीमा अवधिका लागि पनि ५० रुपैयाँ बोनसदर ताेकिएकाे  छ।

त्यस्तै, कम्पनीले भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वा सो भन्दा माथिको बीमा अवधिका लागि ५० रुपैयाँ कायम गरेको छ ।

बाल समृद्ध जीवन बीमा लेख(बालबालिकाको सावधिक बीमा) अन्तर्गतका १० देखि १४ वर्ष बीमा अवधिका लागि ३० रुयैयाँ, १५ देखि १९ वर्षका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ, २५ वा सोभन्दा माथिका लागि ५० रुपैयाँ बोनस दर तोकेको छ ।

कम्पनीले सुनौलो सावधिक जीवन बीमा योजना अन्तर्गत १० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यसैगरी कम्पनीले नवीन आजीवन(सावधिक तथा आजीवन) बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सार्थक आजीवन बीमालेख(अग्रिम भुक्तानी तथा आजीवन) बीमालेख अन्तर्गत सबै बीमा अवधि(१५ वर्ष)का लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सीमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) बीमालेख अन्तर्गत १४ वर्ष अवधिका लागि २५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ र २० वा सोभन्दा माथिका लागि पनि २७ रुपैयाँ बोनसदर तोकेको छ ।

त्यस्तै धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीबन बीमालेख अन्तर्गत १ देखि ९ वर्ष वर्ष अवधिका लागि २५ रुपैयाँ,१० देखि १४ वर्षका लागि २५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि २७ र २० वा सो भन्दा माथि अवधिका लागि पनि २७ रुपैयाँ बोनस दर तोकेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:४२