८ असार २०८३, सोमबार | Mon Jun 22 2026

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा

२ फागुन, काठमाडाैँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हाे ।

इन्स्योरेन्सले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा बिहान ११ बजे तीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। यसकाे अर्थ फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : February 14, 2024 at 9:27 am