८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

२९ माघ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार गर्ने भएकाे छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा छलफल गर्न साेमबार साँझ कार्यालय समयपछि बस्ने गरी बैठक बाेलाइएकाे छ  ।

सञ्चालक समितिले स्वीकृत गरेमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा आजै साँझ सार्वजनिक गर्ने सम्भावना छ । पुससम्मको तथ्याँकले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ। यसले गर्दा केन्द्रीय बैंकले दोस्रो त्रैमासिक समीक्षामा केहि लचिलो नीति लिन लागेको छ।

मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ। आन्तरिक अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने बाध्यता रहेकोले पनि केन्द्रीय बैंकले लचिलो नीति लिन सक्ने जनाइएकाे छ । साथै, मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पुग्ने गरी केही नीतिगत परिवर्तनहरु हुनसक्ने सम्भावना रहेकाे छ ।

प्रकाशित मिति : February 12, 2024 at 1:18 pm