६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


२६ माघ, काठमाडाैँ । समृद्धि फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। समृद्धि फाइनान्सले आज माघ २६ गते शुक्रबार अनामनगर स्थित सिटि मन्टेश्वरीका शिक्षिका तथा कर्मचारीहरुबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हाे ।

सो कार्यक्रममा फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले उपस्थित ३१ जनाको समुहलाई बैङ्किग प्राणलीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै वचत गर्ने बानिको बिकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरु र बैङ्किग सेवा लिन प्रोत्साहन प्रदान गरेका थिए ।

सिटि मन्टेश्वरीकी पिन्सिपल पुस्पा रिजालले शिक्षक तथा कर्मचारीहरुबीच राखिएको सो कार्यक्रमले बैङ्किग चेतनाको विकाश गरेको भन्दै फाईनान्स परिवारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।  नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १५:५९