१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

समृद्धि फाइनान्सका ग्राहकहरुलाई प्राउड नेपाल अई टि सप्लायर्समा भारी छुट

२६ माघ, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनि लिमिटेड र प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि बीच सम्झाैता भएकाे छ । समृद्धि फाइनान्स र नेपालआई टि सप्लायर्सबीच माघ २५ गते बिहीबार फाइनान्सका ग्राहकहरुलाई भारी छुट दिने समझदारी भएकाे हाे ।

समझदारी पत्रमा फाइनान्सका तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आई टि सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको हुन् ।

उक्त समझदारी अन्तर्गत समृद्धिका ग्राहकहरुले एक बर्ष (२०८०/१०/२६ देखि २०८१/१०/२५गते) सम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा QR पुयाे गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मत संम्भार गर्दा भारी छुट पाउने छन् ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले प्राउड नेपाल आई टि सप्लायर्स प्रा.लि मा मर्मत संम्भारमा १५ प्रतिशत र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गदा १ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : February 9, 2024 at 11:13 am