मर्जरको प्रस्ताव पारित गर्न सबैको लघुवित्तले बोलायो साधारणसभा
२४ माघ, काठमाडाैँ। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । संस्थाको सञ्चाल समितिको बैठकले फागुन १९ गते तनहँ बन्दीपुरमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले सबैको लघुवित्त र साधना लघुवित्त एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि भएका सम्पूर्ण निर्णयहरु अनुमोदन गर्नेछ, यस्तै संस्थाको सञ्चालक समितिले साधना लघुवित्तसँग १ः१ अन्पात स्वाप रेसियोमा मर्जरमा जाने निर्णयलाई पारित गर्नेछ। दुई लघुवित्त गाभिएर बन्ने नयाँ नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अनुमोदन गर्न र सोहि नामबाट वित्तीय कारोबार गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : February 7, 2024 at 1:54 pm









