नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड ७७ लाख, प्रतिसेयर आम्दानी पनि बढ्यो
२४ माघ, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।
याे अवधिमा इन्स्योरेन्सले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १०.८८ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा यो रकम २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ थियो।
इन्स्योरेन्सको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ ।
प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ०९:५२