एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२४ माघ, काठमाडौँ । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बुधबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोली माघ २५ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै कम्पनीले बितरण गर्ने लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।
एनएलजीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न इन्स्योरेन्सले फागुन ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित मिति : २४ माघ २०८०, बुधबार ०९:३०