पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने, एक वर्षको समय
१७ माघ, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको छ। प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी बढाउने निर्णय गरेको हो।
प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई हालको पुँजी वृद्धि गराएर २० अर्ब पुर्याउन निर्देशन दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
पुनर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। २०८१ माघ मसान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन दिने निर्णए भएको पौडेलले बताए। हाल नेपालमा दुईवटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। यसरी सञ्चालनमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी हाल १२ अर्ब ८१ करोड छ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने १० अर्ब छ। प्राधिकरणले न्यूनतम चुक्ता पूँजी वृद्धि २० अर्ब रुपैयाँ तोकेसँगै दुई कम्पनीले दोब्बरले पुँजी बढाउनुपर्ने हुन्छ ।
प्रकाशित मिति : January 31, 2024 at 2:42 pm










