१२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026

नेविसंघ सीमित नेताका नजिक रहने युवाकाे भर्तीकेन्द्र बन्ने चिन्ता

३ मंसिर, काठमाडाैँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) सीमित नेताका नजिक रहेकाहरुकाे भर्तीकेन्द्र बन्न लागेकाे भन्दै चिन्ता व्यक्त गरेका छन । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दैनिकीसँग कुरा गर्दै लाेकप्रिय विद्यार्थी संगठन नेताका प्रियपात्रकाे मात्र बन्ने चिन्ता बढेकाे बताए ।

उनले नेविसंघकाे वर्तमान कार्यसमितिको म्याद दुर्ई महिनामात्र थपिनुले महाधिवेशनलाई अझै अनिश्चित बनाएकाे बताए । उनले महाधिवेशन तयारीका निम्ति कम्तिमा पनि ६ महिनाकाे समय अावश्यक पर्ने बताए ।

अाइतबारकाे कांग्रेस केन्द्रीय समिति बैठककाे निर्णय अागामी महासमितिको बैठकमा नेविसंघको समस्या सतहमा नआअाेस भन्ने हेतुले अाएकाे अाराेप लगाए ।उनले नेतालाई आफू बस्ने घर आगो लगायर खरानीकाे ब्यापारमा नाफा नदेख्न चेतावनीयुक्त अनुराेेध गरेकाछन ।

प्रकाशित मिति : November 19, 2018 at 8:39 am