२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

हिमालयन रिइन्स्योरेन्सले विश्व विख्यात रेटिङ एजेन्सीबाट पायो बि प्लस रेटिङ

११ काठमाडौँ ।  केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रि इन्स्योरेन्सले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ ।

कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम वेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बि बाट बि प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेको हाे ।

‘एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्सले एएम वेस्टबाट बि प्लस रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्य पूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरूबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १४:०९