८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुई वर्षको भिआरएस लिएर सिईओबाट बिदा भए रमेश भट्टराई

११ माघ, काठमाडौँ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)रमेशकुमार भट्टराईले पदबाट राजीनामा दिएरका छन् । सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत समेत गरिसकेको छ ।

दुई वर्षको भिआरएस दिने सहमती पछि भट्टराई कम्पनीको सिईओबाट बिदा भएका हुन् । २०८० साउन १ गते साबिकको प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भइ नयाँ सञ्चालक समितिको गठन भएको थियो । साविक महालक्ष्मी लाइफमा सिइओ रहेका भट्टराई मर्जरपछि एकीकृत प्रभू महालक्ष्मी लाईफको सिइओ बनेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १०:५४