पवन गोल्यानले भनेः मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता छैन
११ माघ, काठमाडौँ । एनएमबी बैंकका अध्यक्ष एवं उद्योगपति पवन गोल्यानले आफ्नो कुनै राजनीतिक दलसँग संलग्नता नरहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुकको प्रयोग मार्फत गोल्यान ग्रुपको अध्यक्ष समेत रहेका पवनले विगतदेखि नै विभिन्न राजनीतिक दलसँग आफ्नो नाम जोडिदै आएको भन्दै उनले आफ्नो अहिलेसम्म कुनै पनि दलसँग संलग्नता नरहेको बताएका हुन ।
उनले भनेका छन, ‘विगतको केहि समय देखि मेरो नाम कुनै न कुनै राजनीतिक दल संग जोडिदै आएको छ। मेरो हालको दिन सम्म कुनै पनि राजनैतिक दल संग संलग्नता छैन न त भविष्यमा हुने योजना नै छ। कृषि व्यवसायी तथा उद्योगीको रूपमा मेरो अनुभवबाट नयाँ उद्यमीहरुले सिक्न सक्ने धेरै ठाउँहरु हुन्छ। यहि उद्देश्यले म मेरो दखल भएको विषय संग सम्बन्धित कार्यक्रममा उपस्थित हुने गर्दछु। असल नियतको साथमा दिएको अभिव्यतिबाट ध्यान भड्काउने नियतबाट फैलिएको नकारात्मक खबर तिर ध्यान नदिई आफ्नो उर्जा सकारात्मक कार्यमा लगाउन बिनम्र आग्रह गर्दछु।’
पवन गोल्यान स्वदेशमा उद्योग सञ्चालन गरेर अब्बल बनेकाहरू मध्येका एक हुन् । पवन अध्यक्ष रहेको गोल्यान समूहले अहिले करिब ६ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने मुलुकको व्यापार घाटा घटाउन महत्वपूर्ण योयदान गरिरहेको छ । पवनको गोल्यान समूहले बीमा, जलविद्युत्, रियलस्टेट, कृषि र हस्पिटालिटी क्षेत्रमा लगानी गरेको छ । उनले केही साता अघिमात्र बैंक तथा बित्तिय संस्था परिसंघ नेपाल सिबीफिनको अध्यक्षबाट स्वच्छिक अवकाश लिएका थिए ।
प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ०८:४७