८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्यो नयाँ बोनस दर, अधिकतम ८५ रुपैयाँसम्म पाइने

९ माघ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको बताएको छ ।

कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५० रुपियाँदेखि अधिकतम प्रतिहजार ८५ रुपियाँसम्म बोनस दर कायम गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८/७९को बीमा कोषको बीमांकीय मूल्यांकक प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ३ गते स्वीकृत भई बीमालेखमा नयाँ बोनस दर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमालेख(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावधिक लघु केटाकेटी, सूनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा , जीवन लक्ष्मी,अनमोल जीवन,जीवन उदय एकल) अन्तर्गत १० वर्षे अवधिसम्मका लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ,१६ देखि २० वर्षका लागि ६० रुपैयाँ २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि ३० वर्ष अवधिका लागि ८२ रुपैयाँ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।

यस्तै अग्रिम भुक्तानी सावधिक बीमालेख(धनवर्षा १५ वर्ष, धन वर्षा २० वर्ष नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी र सदावहार जीवन) अन्तर्गतका सबै बीमा अवधिका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ।

कम्पनीले अग्रिम भुक्तानी(जीवन सम्वृद्धि)बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ५० रुपैयाँ र २० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस दर कायम गरेको छ।

सावधिक तथा आजीवन(जीवन सहारा)बीमालेख अन्तर्गत १० वर्षे अवधि सम्मका लागि ६० रुपैयाँ ११ देखि १५ वर्ष अवधिका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ र २६ देखि ३० वर्षे अवधिका लागि ८२ र ३० भन्दा माथि अवधिका लागि पनि ८२ रुपैयाँ बोनस दर कायम गरेको छ।

यस्तै सावधिक जीवन बीमालेख(जीवन सम्मुन्नत) अन्तर्गतको १० वर्षे अवधिका लागि ५६ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ,२१ देखि २५ ६० रुपैयाँ, २६ देखि ३० वर्षका लागि ७० रुपैयाँ र ३० भन्दा माथि पनि ७० रुपैयाँ बोनस तोकेको छ ।

अन्य जीवन बीमालेख(जीवन सारथी) अन्तर्गतको १० वर्षे अवधिका लागि ६२ रुपैयाँ,११ देखि १५ वर्ष अवधिका लागि ६२ रुपैयाँ,१६ देखि २० वर्ष अवधिका लागि ६२ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ,२६ देखि ३० वर्षका लागि ८५ रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । कम्पनीले घोषणा गरेको बोनस दर मृत्युदाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्म सोही बोनस दर लागू हुने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १०:००