३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

८ माघ, काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण का लागि घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सले फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो ।  उक्त सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशत  नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : January 22, 2024 at 9:47 am