१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

निफ्राको नाफा घट्याे, वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख

७ माघ, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । बैंककाे खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ। निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ जम्मा रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर ६ रुपैयाँ ३९ पैसामा कायम भएकाे छ। भने प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।

प्रकाशित मिति : January 21, 2024 at 11:10 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/