९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

सदस्य थप्ने होइन राष्ट्रिय योजना आयोग खारेज गरः पूर्व अर्थमन्त्री लोहनी

७ माघ, काठमाडौँ । पूर्व अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय योजना आयोगको सदस्य थप्ने बहसमा कडा प्रतिक्रिया जनाएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशक समितिको अध्यक्ष समेत रहेका डा लोहनीले सामाजिक सञ्जाल  मार्फत कडा प्रतिक्रिया दिएका हुन ।

कतिपय विज्ञको जागिरका लागि राष्ट्रिय योजना आयोगमा सदस्य थप्नेबारेमा बहस भैरहेको सन्दर्भमा डा लोहनीले सदस्य थप्नु भन्दा आयोग नै खारेज गर्नुपर्ने सुझाव दिएका छन । उनले भनेका छन, ‘अब योजना आयोग मा सदस्य थापने रे !!! लाज लाग्न पर्ने हो बरु योजनाआयोग खारेज गर ।’

योजना आयोगको प्रभावकारिता विस्तारै खस्कदै गएको छ । युएनडिपीको पैसामा तारे होटलहरूमा विज्ञहरू भेला गर्ने र भत्ता बाँड्ने बाँहेक देखिने उपलब्धि केही गरेको छैन । सरकारको विकास सल्लाहकारको रूपमा रहेको आयोगमा प्रधानमन्त्री आफैँ अध्यक्ष हुन्छन भने उपाध्यक्ष र सदस्यहरू सरकारले नियुक्त गर्ने गर्छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार ०९:१४